काठमाडौं । प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्व उद्यमशीलता दिवस २०२५ (अगस्ट २१) विशेष कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतम प्रमुख वक्ता (Keynote Speaker) का रूपमा उपस्थित भई उद्यमशीलता, नवप्रवर्तन र युवा नेतृत्वबारे प्रेरणादायी विचार प्रस्तुत गरे।
उक्त अवसरमा विद्यार्थीहरूलाई आफ्नो सिर्जनशील सोच प्रस्तुत गर्ने आइडिया पिचिङ्ग सेसन पनि आयोजना गरिएको थियो, जसमा अमृत सागर भट्टराई र देवकी चापागाईंले सहभागिता जनाए।
त्यस्तै, उद्यमशीलता र नवप्रवर्तनबारे गहन छलफल गर्न आयोजित प्यानल डिस्कसनमा डा अर्बिन्द श्रेष्ठ (Ecosystem Enabler), सन्तोष कँडेल (Mero Kimmel), सचिन चापागाईं (Mero Pharmacy Manager) र आयु श्रेष्ठ (AYU-Art) प्यानलिस्टको रूपमा सहभागी भए भने डा बसुदेव लाल कर्णले कार्यक्रमलाई संयोजन र moderation गरेका थिए।
कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेसीडेन्सी रिसर्च म्यानेजमेन्ट सेल, Hult Prize र प्रेसीडेन्सी बिजनेस इन्क्युबेशन सेन्टरसँग सहकार्य गरिएको थियो।
प्रेसीडेन्सी कलेजले यस किसिमका गतिविधिहरूले विद्यार्थीमा नवप्रवर्तनशील सोच विकास गर्ने र भविष्यमा सफल उद्यमी बन्ने बाटो तयार पार्ने विश्वास लिएको छ।












