काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्।
उनले प्रधानमन्त्री संसद्बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे।
उनले अदालतलाई झोक चल्दा बर्खास्त र नियुक्त समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए। अदालत संविधानको व्याख्याता भएकाले अनुकूल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको बताए। आफूले अदालतको हुर्मत लिएको नभई अनुभव आदानप्रदान गरेको उनको भनाइ छ।












