काठमाडौं । गुण्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलन धरौटी बुझाएर रिहा भएका छन्।
भक्तपुर जिल्ला अदालतले गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
कुटपिट र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
यसअघि दुई दिन अघि काठमाडौँ जिल्ला अदालतले चक्रे मिलनलाई ३० हजार धरौटीमा छुटाएको थियो। त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।
साउन १६ गते महाराजगञ्जस्थित होटल साम्बालाको आठौँ तलामा जन्मदिनको पार्टी मनाइरहेका वेला चक्रे मिलनसहित ४७ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो।










