काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार लैजाने तयारी भएको छ।
कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेलाई भैरहवा कारागारबाट नक्खु सारिने भएको कारागार व्यवस्थापन विभागले जनाएको छ।
यसअघि निवेदन परे पनि उनको सरुवा गर्ने निर्णय रोकिएर बसेको थियो। पछिल्लो समयमा मानवअधिकार आयोगको निर्देशनपछि भने सरुवा गर्ने निर्णय भएको हो।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशी आजै कारागार सरुवा गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार निर्णय गरेको पत्र रुपन्देही पठाइएको छ।










