काठमाडाैं । भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना तोकेको छ।
गएको साउन २१ गते विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो।
विशेष अदालतले बिहीवार थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने गरी सजाय निर्धारण गरिएको छ।












