चितवन । चितवन र यस आसपासका व्यवसायीहरुको हकहित र संरक्षणका लागि काम गर्दै आएको संस्था हाटबजार विकास व्यवसायी संघले हाटबजारमा पेशा, व्यवसायगरी देशमै रोजगारी सिर्जना गर्दै आएका व्यवसायी र संघका आगामी योजनाहरुका विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
हाटबजार विकास व्यवसायी संघका अध्यक्ष लालबहादुर रायको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका पदाधिकारी एवम् सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
समितिले भरतपुर क्षेत्रका बसेनी, नहरचोक, गौतमचोक, नारायणपुर चोक र बेलचोक गरी पाँच ठाउँबाट हाट बजार सञ्चालनमा ल्याईरहेको र उक्त हाट बजारहरु मध्ये पूर्ण व्यवस्थित भई नसकेका स्थानलाई कसरी व्यवस्थित गर्न सकिन्छ र हाट बजारमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको हकहितका लागि के कस्ता योजनाहरु तयार गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल गरिएको थियो ।
छलफलमा हाटबजार रहेको स्थानको संरक्षण र सम्बद्र्धन र व्यवसायिकहरुका कर लगायतका अन्य समस्याहरुको समाधानको लागिको प्रयास गरिने निष्कर्ष निकालिएको थियो ।
छलफल कार्यक्रममा सल्लाहकारहरु राकेशमान श्रेष्ठ, राजु भट्ट, प्रदिप वाग्ले, विजय श्रेष्ठ, समितिका उपाध्यक्ष जनकलाल कट्टेल, सचिव शिवलाल बराली, कोषाध्यक्ष मातृका गुरागाईं, सह–सचिव पर्वत लामा, सदस्यहरु कृष्ण प्रसाद सिम्खडा, कृष्ण प्रसाद ढकाल, जमुन मिया, बैदुल्ला मिया, मोती श्रेष्ठ, दुर्गा रानाभाट लगायतको उपस्थिति रहेको थियो ।












