चितवन । भरतपुर महानगरपालिका–१७ शिवशक्ति टोलमा स्यालले टोकेर एक महिला घाइते भएकी छन् ।
शुक्रबार राति ८ बजेको समयमा स्थानीय ३७ वर्षीय यशोदा कुमाललाई घर नजिकैको मन्दिरबाट फर्किने क्रममा स्यालले टोकेको प्रहरीले बताएको छ ।
स्यालले टोकेर घाइते भएकी कुमालको भरतपुर अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।












