काठमाडौं । अभिनेता सुलेमान शंकर ‘इकु’ लाई पत्नीशोक परेको छ ।
उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको निधन भएको हो ।
सम्झनालाई पछिल्लो चार बर्षदेखि मिर्गौला सम्बन्धि समस्या रहेको थियो । साउन १० गते नै निधन भएको भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।
अमेरिकामा रहेका छोरा फर्किए पछि शुक्रबार अन्त्येष्टि गरिएको हो।
सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।












