चितवन । चितवनको रत्ननगरस्थित एक फार्मेसीमा काम गर्ने युवतीले फार्मेसी सञ्चालकसँग वादविवाद भई तीन तले घरको छतबाट हामफाल्दा गम्भिर घाइते भएकी छन् ।
गएराति १२ः४० बजेको समयमा धादिङ रोराङ गाउँपालिका–२ घरभई हाल रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीय राधिका गुरुङले फार्मेसी सञ्चालक रत्ननगर–१५ बस्ने २९ वर्षीय योगेश अधिकारीको घरको छतबाट हाम फालेकी हुन् ।
घरको छतबाट हाम फाल्दा गुरुङको टाउको र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । गुरुङको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको खनालले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।












