चितवन । मित्र राष्ट्र चीनको सिगात्से सिटीका जनप्रतिनिधि र भरतपुर महानगरपालिकाका जनप्रतिनिधि बीच भेटघाट भएको छ ।
सिगात्से सिटीका मेयर वाङ फाङहाङ लगायतको भ्रमण टोलीसँग महानगरमा छलफलसहित भेटघाट भएको हो । आगामी दिनमा आपसी हित र सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको भरतपुर महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् ।
मेयर दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गरेकी थिइन्।
छलफलको विषयमा समझदारीसहित महानगर परिसरमा संयुक्त रुपमा वृक्षारोपण पनि गरिएको छ । भेटघाट उपलब्धिमुलक रहेको मेयर दाहाले बताइन् ।
सिगात्से सिटी र भरतपुर महानगरबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेको छ ।













