काठमाडौँ । शुक्रबार चलचित्र ‘यो मन त मेरो नेपाली हो’काे ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउन खोजिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए ।
चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो चलचित्र हरेक नेपालीले हेर्नु पर्ने बनेको बताए । यस्तै विजय बरालले फरक चलचित्र भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए। विल्सन विक्रम राईले मैले फिल्मको कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिक बाट देखेकोले चलचित्र उत्कृस्ट बनेको बताए ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।











