काठमाडौं । एसिसी पुरुष यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
मंगलबार मलेसियामा भएको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्यो।
जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर जय थापा १ रनमा आउट भए पनि प्रसिद्ध जैसीले नटआउट ३३ रन र शिवान्स बजगाईले नटआउट ३८ रन जोडे।












