चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ सिसौघारीका एक व्यक्तिले श्रीमतीसँग घरायसी विषयमा विवाद हुँदा आफ्नै घरमा आगजनी गरेका छन् ।
स्थानीय ६० वर्षीय राम महतोले मंगलबार राति ९ः२५ बजे आफ्नै खरले छाएको टहरोमा आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
टहरो जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी प्रवक्ता रवीन्द्र खनालले बताए । उनका अनुसार टहरो जल्दा अन्दाजी २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगजनी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।












