काठमाडौं । राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ।
नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।
पक्राउ परेका थापा, सिंह लगायत सात जनालाई गएराति प्रहरीले जिम्मा जमानीमा छाडेको थियो । एक जनालाई भने हिरासतमै राखिएको छ ।
राजवादीको प्रदर्शनमा रक्सी खाएरु दुर्व्यवहार गरेको भन्दै एक जनालाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।












