काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले रारा तालको पानी सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका अक्कल बोहोरालाई सम्मान गरेका छन् ।
मन्त्री शाहीले बोहोरालाई सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा बधाई दिदै सम्मान गरेका हुन् ।
नेपाली राष्ट्रिय टिमका धावक, सफल व्यवसायी र समाजसेवी अक्कल बोहोराले रारा तालको पानी सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । बोहोरा मुगुको पहिलो सगरमाथा आरोही हुन् भने उनले ४२ दिन लगाएर सगरमाथा चढेका थिए ।












