काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
भिजिट भिषा प्रकरणमा जाेडिएका गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने प्रतिपक्षीको तयारी छ ।
संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक शुरु हुदैछ ।
बैठकमा पर्यटन, उर्जा, वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची समेत रहेको छ ।
त्यसैगरी आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।












