काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ८४ भनेको एमालेले बहुमत ल्याउने भनेको बताएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिसन ८४ भनेको बहुमत ल्याउन भनिएको भन्दै त्यो असम्भव नभएको बताएका हुन् ।
आफ्नो शक्तिलाई सुदृढ गर्न आग्रह गर्दै उनले भनेका छन्-मिसन ८४ भनेको हामीले स्पष्ट बहुमत ल्याउने हो मिसन ८४ भनेको, ८४ को निर्वाचनमा कमसेकम स्पष्ट बहुमत ल्याउनु पर्छ एमाले असम्भव छैन । हामी हरेक वडामा ५० प्रतिशतभन्दा बढी मतदातासँग जानु पर्छ र त्यसो भयो भने हाम्रो दुई तिहाई आउछ, बहुमत मात्र होइन ।’
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जोड दिदै स्थानीय कमिटीहरुलाई सघाउन वडाका निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरे ।












