चितवन । भरतपुर महानगरपालिका–४ को विभिन्न स्थानमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
अद्दैत चोकदेखि विशाल चोकसम्म तथा सो आसपासका क्षेत्रहरुमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
नाङ्गो एलटी तारमा कालो एबीसी तार जडान गर्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले बताएको छ ।












