चितवन । भरतपुर महानगरपालिका–३ सहिद चोकमा कुकुरले बाटो काट्ने क्रममा स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक घाइते भएका छन्।
शुक्रबार राति साढे ९ बजेको समयमा बेलचोकबाट सहिदचोक तर्फ आउँदै गरेको बा प्र०६–००४ प ३५४८ नम्बरको स्कुटर कुकुरले बाटो काट्दा अनियन्त्रित भई पल्टिएको थियो ।
स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक तनहुँ भिमाद नगरपालिका–२ घर भइ हाल नवलपुर गैंडाकोट नगरपालिका–२ बस्ने वर्ष २३ को सालिकराम तिमल्सिना मध्यम घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।












