काठमाडौं । अब प्रत्येक वर्ष फागुनलाई नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ ।
१४ वर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरेकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।











