काठमाडौंं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।
एलपी ग्यासको पनि मूल्य घटेर आएको तर हाललाई मूल्य यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ।












