काठमाडौं । शिक्षकहरूको आन्दोलन भोलि ९बिहीबार० बाट स्थगित हुने भएको छ ।
सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए ।
यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । शिक्षा ऐन आगामी असार १५ गतेसम्म जारी गरिसक्ने सहमती भएको छ ।











