काठमाडौं । हङकङमा आजबाट चार देश सम्मिलित ट्वी–२० सिरिज सुरु हुँदैछ। नेपालले आज पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान पौने ७ बजे हङकङमा सुरु हुनेछ।
नेपाल, हङकङ, कतार र कुवेत सम्मिलित सिरिज आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।
नेपालले सन् २०२५ मा हिलो अन्तर्राष्ट्रिय खेल कतारविरुद्ध खेल्न लागेको हो। सिरिजमा तुलनात्मक रुपमा कमजोर टोली भए पनि टी–२० विश्वकप छनोटका लागि हङकङ भ्रमण फलदायी हुने कप्तान रोहित कुमार पौडेलको विश्वास छ ।











