काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेकपा (एमाले)का नेता महेश बस्नेतलाई जवाफ फर्काएका छन्।
बस्नेतले हिजो सामाजिक सञ्जालमा “श्रमदानको गफले होइन केन्द्रको बजेटले खानेपानी उपलब्ध हुने छ, हर्क भाइ!” लेखेका थिए। यसै जवाफ स्वरुप मेयर राईले कसैले आफ्नो अकाउन्टको पैसा दिने हो र भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।
मेयर राईले सरकारले ऋण लिएर स्थानीय सरकारलाई सरकारी पैसा दिने भन्दै बस्नेतलाई बुझ्न आग्रह गरे।
उनले लेखेका छन्, “कसैले आफ्नो अकाउन्टको पैसा दिने हो ररु सरकारले सरकारी पैसा दिने हो स्थानीय सरकारलाई त्यो पनि ऋण लिएर१ बुझ्यौ महेश भाइ! बात कर्ता है..”












