चितवन । चितवन प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १६ किलो ६४४ ग्राम गाँजासहित कालिका नगरपालिकाबाट दुई जनालाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका–११ मझवाङ बस्ने ४० वर्षीय बुद्धिबहादुर चेपाङ र विनोद चेपाङ रहेका छन् ।
बुद्धिको घरमा लुकाइ छिपाई राखेको ८.७२६ किलो र विनोद चेपाङको घरबाट ७.९१८ किलो लागुऔषध गाँजा बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । पक्राउ परेका उपर चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।














