चितवन । चितवनको माडी नगरपालिका–७ मोटे चोकमा साइकललाई ठक्कर दिएर भ्यान फरार भएको छ ।
बुधवार दिउँसो ३ः४० बजेको समयमा मोटे चोकबाट राई टोलतर्फ जादै गरेको बागमती प्रदेश०३–००१ च २२१६ नम्बरको निलो रङको भ्यानले साइकललाई ठक्कर दिएर फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भ्यानको ठक्करबाट साईकलयात्री माडी–७ किर्तनपुर बस्ने वर्ष २५ की मिना खत्रीको शरिरको विभिन्न भागमा भित्रि र बाहिरी चोट लागेको प्रहरीले बताएको छ । घाइतेको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ ।
फरार भ्यानको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।











