भरतपुर । बाग्लुङ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पर्सामा डेरा गरी बस्ने निरुषा सुवेदीलाई पढाई खर्चका लागि विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग जुटेको छ ।
खैरहनी माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययानरत सुवेदीको आर्थिक अवस्था कमजोर भएर पनि मेधावी रहेको थाहा पाएपछि दाताहरुले सहयोग गरेका हुन् । पढाईलाई निरन्तरता दिन पर्साका सामाजिक व्यक्तित्व मुरली प्रसाद गजुरेलको पहलमा सुवेदीलाई २० हजार रुपैयाँ सहयोग गरिएको हो ।
खैरहनी–१२ सिसाहनी घर भई हाल अमेरिकामा बसोबास गर्ने सोभिता बास्तोलाले १० हजार १००, खैरहनी–८ बस्ने उमाकान्त नेपालले तीन हजार ५००, खैरहनी–२ घर भई युएईमा कार्यरत राजन तिवारीले दुई हजार १००, खैरहनी–८ बस्ने आनन्द पौडेल र सुप्रभा पौडेलले एक हजार ५०० र सोहि ठाउँका चित्र बहादुर रोकाले तीन हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।











