चितवन। भरतरपुर–२२ पटिहानीमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालक घाइते भएका छन् ।
शनिबार बिहान करिब साढे १० बजेको समयमा ग२५प २४४९ नं.को मोटरसाइकलले संगिता महत्तोको ४ वर्षीय छोरा रितिक महत्तो लाई ठक्कर दिंदा अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्करबाट मध्यम घाइते भएका बालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कैलाली घर भएका मोटरसाइकल चालक भरतपुर–७ बस्ने २९ वर्षीय चुंडामणी जैसी प्रहरी नियन्त्रणमा छन् ।










