चितवन । भरतपुरमा मोटरसाइकलको ठक्करबाट घाईते साईकलयात्रीको उपचारको क्रममा एक हप्तापछि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर–१६ झनझने चोकमा गत पुस १९ गते साँझ सवा ८ बजेको समयमा ना३७प ४३७१ नं.को मोटरसाइकलले साइकल यात्री भरतपुर–१६ बस्ने ५० वर्षीय बाबुराम हमाललाई ठक्कर दिएको थियो ।
ठक्करबाट सामान्य घाइते भएका हमाललाई भरतपुर अस्पतालमा गरिएको उपचार पश्चात सोही दिन राती साढे १० बजेको समयमा घर पठाइएको प्रहरीले जनाएको छ ।
भोलिपल्ट पुस २० गते गाह्रो भएपछि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर भर्ना गरियो । टाउकोमा भित्री चोट देखिएपछि बोल्न नसक्ने गम्भीर अवस्थामा उपचार भइरहेको उनको पुस २७ गते शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भरतपुर–१६ बस्ने ३५ वर्षीए नविन भन्ने बुद्दी प्रसाद घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











