चितवन । रत्ननगर–१० देवकी पेट्रोलपम्म अगाडी मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बेलुका करिब ७ बजेको समयमा भरतपुरबट टाँडीतर्फ जाँदै गरेको बा.प्र.६-००२ प ४८६७ नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका ९० वर्षीय बैकुण्ठनाथ लम्साललाई ठक्कर दिएको थियो।
ठक्करबाट टाउको र शरिरको विभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका लम्सालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा राती करिब साढे १० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटसाइकल र मोटसाइकल चालक रत्ननगर–१३ बस्ने २८ वर्षीय अमृत सिम्खडा प्रहरी नियन्त्रणमा रहेका छन् ।











