चितवन। पर्याप्त भिजिबिलिटी नभएका कारण भरतपुर विमानस्थलबाट हुँदै आएका सबै उडान रद्ध गरिएको छ ।
आजका लागि भरतपुरका सबै उडान भने रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तराई क्षेत्रका अन्य विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।
भिडिबिलिटीकै कारण जनकपुर र सिमराको उडान पनि हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । आज बिहानैदेखि तराईका जिल्लाहरुमा घाम लागेको छैन भने चिसो बढेको छ ।











