चितवन । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा एमाले पार्टी कार्यालय चितवनका प्रमुख सहयोगी एवम् एमाले संगठित सदस्य रामचन्द्र बर्तौलाको निधन भएको छ ।
बर्तौलाको आज दिउँसो न्युरो अस्पताल बासबारीमा निधन भएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
चार दिन अगाडि रिजाल चोक नजिक सवारी दुर्घटनामा परी बर्तौला गम्भीर घाइते भएका थिए । बर्तौलालाई चितवन मेडिकल कलेज (सिएमसी)बाट थप उपचारका लागि काठमाण्डौँ लागिएको थियो ।
बर्तौलाको शव भोलि बिहान १० बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर देवघाट लैजाने तयारी एमाले चितवनले गरेको छ ।











