नवलपुर । नवलपुरको गैँडाकोट-९ थुम्सी स्थित नारायणी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार नारायणी नदीको बीच भंगालोमा हाल नाम, थर वतन नखुलेको निलो रङ्गको टाउजर, टोपी र निलो रंगकै हुड लगाएका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।
मृतकको शव नदीबाट बाहिर निकाली घटनास्थलबाट लाश जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











