चितवन । सेवा र विकासका लागि युवा केन्द्रीय समिति गठन भएको छ। सो समिति नेपालको विभिन्न जिल्लाका युवाहरूलाई संगठित गरी सेवा र विकासका कार्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गठन गरिएको संस्थाले जनाएको छ । समितिको कार्यकाल २०८१/८३ को हुनेछ ।
समितिका पदाधिकारीहरू र सदस्यहरू
केन्द्रीय अध्यक्षः डा देवेन्द्र कण्डेल (चितवन)
केन्द्रीय उपाध्यक्षः रामचन्द आचार्य (नवलपुर)
केन्द्रीय उपाध्यक्षः डा दीर्घराज जोशी (कैलाली)
केन्द्रीय सचिवः खगेन्द्र बहादुर क्षेत्री (रुपन्देही)
सहसचिवः सुरेन्द्र प्रसाद भट्ट (कैलाली)
सहसचिवः विपिन कण्डेल (चितवन)
सहसचिवः डा सुवास गुप्ता (पर्सा)
कोषाध्यक्षः राजु सापकोटा (चितवन)
कार्यकारी निर्देशकः अर्जुन वगाले (चितवन)
सदस्यहरू
उर्मिला भट्ट (काठमाडौं)
परशुराम पोखेल (काठमाडौं)
कविता खतिवडा घिमिरे (चितवन)
वृन्दा विक (काभ्रे)
डा विनय कुशवाह
सुबोध चटौत (कञ्चनपुर)
जुनु शेर्पा (इलाम)
सचिन लामिछाने (काठमाडौं)
सुवेन्द्र प्रसाद यादव (रौतहट)
कुशल सापकोटा (चितवन)
वर्षा सापकोटा (नवलपुर)
राधा ढकाल (लमजुङ)
डल्लीराम ढुंगेल (काठमाडौं)
सल्लाहकारहरू
आर्थिक सल्लाहकारः अर्पण पौडेल (काठमाडौं)
कानुनी सल्लाहकारः मिलन अधिकारी (कास्की)
समितिका अध्यक्ष डा देवेन्द्र कण्डेलले युवाहरूको सक्रिय सहभागिता र समर्पणको आवश्यकता औंल्याउँदै आगामी कार्ययोजनाबारे चर्चा गरे । उनका अनुसार समितिको लक्ष्य समाजमा दिगो विकासका कार्यहरू गर्दै सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रहरूमा सुधार ल्याउनु हो।
कार्यक्रममा उपाध्यक्ष रामचन्द्र आचार्यले समितिको उद्देश्य र महत्वमाथि प्रकाश पारे । समिति मार्फत युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै सामुदायिक सेवा कार्यहरूलाई व्यापक बनाउन चाहेको उनले बताए ।
समितिको गठनसँगै विभिन्न परियोजनाहरूको योजना पनि प्रस्तुत गरिएको थियो, जसमा ग्रामिण विकास, शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणका कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ । समिति गठन समारोहमा सम्माननीय संरक्षक नारायण प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो।












