चितवन । भरतपुर महानगरपालिका–२ आँपटारीस्थित स्मल हेभन मोडेल स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
आज प्रकाशित एसईईको परीक्षाफलमा विद्यार्थी प्रशंसा पराजुली र अंकुर मिश्रले ४ जिपिए ल्याएका हुन् ।
दुई विद्यार्थीको ४ जिपिएसंगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले बताए । उनका अनुसार स्कुलका १८ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन् ।
यसबर्ष स्मल हेभन मोडेल स्कुलका ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।











