चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने व्यावसायीक जंगल सफारी असार १६ गतेदेखि बन्द हुने भएको छ ।
निकुञ्जले आज एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्मको लागि असार १६ गतेदेखि जंगल सफारी बन्द गरिएको जानकारी गराएको हो ।
निकुञ्जमा पाईने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजननका लागि वर्षायाम उपयुक्त समय भएको साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रिने, जंगलमा भएका स–साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अबरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजता सृजना हुन सक्ने भएकाले जंगल सफारी बन्द गर्न लागिएको निकुञ्जले बताएको छ ।
समग्र वन्यजन्तु संरक्षण, वासस्थानको पुनरुत्थान र पर्यटकहरुको सुरक्षालाई मध्यनजर यस्तो निर्णय गर्नुपरेको बताइएको छ ।












