चितवन । चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठले जनताको समस्यालाई दैनिक रुपमा सुनेर त्यसलाई व्यवस्थापन गर्ने बताएका छन् । चुनाव प्रचारका क्रममा बोल्दै श्रेष्ठले जनताको समस्या सुन्नलाई नारायणगढ, कालिका र इच्छाकामनामा कार्यालय नै खोल्ने बताए ।
‘नारायणगढ, कालिका र इच्छाकामनामा अफिस खोल्छु । तपाईहरुको दैनिक समस्या सुन्ने र व्यवस्थापन गर्ने काम गर्छु’, उनले भने । व्यक्ति धनि भएर मात्र नहुने भन्दै उनले अब राष्ट्र धनि हुनुपर्ने बताए ।
‘विकासको लागि अब स्थायी सरकार चाहियो । स्थायी सरकारको लागि गठबन्धन बनेको हो । स्थायी सरकार बने मात्र देश समन्नुत बन्छ’, उनले भने । आफु निर्वाचित भएपछि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उनले बताए ।
‘म आउने तपाईको सेवक भएर हो । जीवनमा मैले लिन केहि छैन । ५० वर्षभन्दा धेरै दुःख गरेँ । यो लेबलमा पुगेँ । नेपाली जनताको अनुहार हँसिलो हुनुप¥यो भनेर लागेको छु । रोजगार नपाएकाले रोजगार पाउनुप¥यो भनेर आएको हो’, उनले भने ।












