चितवन । आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले गैंडाकोट नगरपालिका–७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा ३४ वर्षीय सुरेश बहादुर कुमाललाई पक्राउ गरेको छ ।
माडी नगरपालिका–४ घोसरीमा मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि गएराती करिब १० बजेतिर अन्दाजी ३३ वर्षीय जीवन नेपालीको उनले हत्या गरेका थिए । हत्या गरेर भाग्ने क्रममा कुमाललाई प्रहरीले माडी–३ बाट नियन्त्रणमा लिएको हो ।
शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको छ । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वमा अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।











