चितवन । विश्व बजारमा उत्पादित सामानलाई नेपालको दुरदराजसम्म पुर्याउने र स्थानीय तहमा उत्पादित सामानलाई समेत विश्वबजारमा पुर्याउने मुख्य लक्ष्य लिएर स्थापना भएको जगतपुर ई बजारको आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
व्यवसाय नाफामुखि रुपमा मात्र चलाउने परम्परालाई तोड्दै सोहि कार्यक्रमकै बीच व्लड डोनर्स सोसाईटी नेपालसँग आधिकारिक सम्झौता गर्दै ई व्लड वैक सर्भिस समेत सँगसँगै अघि बढाउने गरि कार्य प्रारम्भ भएको छ। अब मोवाईल एप्लिकेशन मार्फत व्लड दिने र लिने दुवैले यसको भरपुर उपयोग गर्न सक्नेछन।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जगतपुर ई बजारको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेस चितवन सभापती राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेकपा (एमाले) चितवनका उपाध्यक्ष कमलराज पाठक, व्लड डोनर्स सोसाईटी नेपालका अध्यक्ष अर्जुन अधिकारी, नेपाल रेडक्रस सोसाईटी चितवन अध्यक्ष हरि पौडेल लगायतको उपस्थिती थियो ।
जगतपुर ई बजारका उपाध्यक्ष फणिन्द्र अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका अध्यक्ष पदम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।












