दार्चुला। दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उमेशसिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भिरबाट लडेर मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
थुनुवा कुँवर मुद्दा शाखामा सोधपुछका क्रममा हतकडीसहित भागेका थिए । उनलाई पक्राउ गरेर ल्याइसकिएको एसएसपी महर्जनले जानकारी दिए ।












