चितवन । रत्ननगर नगरपालिका–१ सौराहा चोकस्थित साहारा सुपर मार्केट भित्र रहेको सुहाना फेन्सी कलेक्सनमा गएराति आगलागी भएको छ ।
मञ्जु सापकोटाले सञ्चालन गरेको उक्त फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
आइतबार राति करिब ११ः२० बजेको समयमा विद्युत् सर्ट भई लागेको आगो बिहान साढे १२ बजे नियन्त्रणमा आएको उनले बताए । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।












