चितवन । रत्ननगर–२ स्थित बकुहलर अस्पतालमा आज विहान साढे ९ बजेको समयमा टिकट काट्ने लाईनमा ढल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर–३ लौरीघोल बस्ने ३३ वर्षिय जीवन बहादुर थापा मगर रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार थापा मगरले सुगरको औषधी सेवन गर्थे । छाती र मुटु दुख्यो भनेर अस्पतालमा उपचारको लागि आएका मगर टिकट काट्ने लाईनमा एक्कासी ढलेको प्रहरीले जनाएको छ ।
मृतककी श्रीमती वैदेशिक रोजगारको शिलशिलामा क्रोसिया छिन् भने दाई साउदीमा रहेका छन् । उनीहरु विदेशबाट नआउन्जेलसम्म मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिने प्रहरीले जानकारी दिएको छ ।












