काठमाडाैं । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन ।
जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भाैतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माअाेवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दाेहाेरिन पुगेका छन । परराष्ट्र मन्त्रालयकाे जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयकाे जिम्मेवारी लिने बुझिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने भएका छन् भने शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा सुमना श्रेष्ठ, श्रम मन्त्रालयकाे जिम्मेवारीमा डीपी अर्याल र युवा तथा खेलकुदकाे जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन् ।
याे अनाैपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेकाे छ ।












