चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ इचर्नीमा आज बिहान एक गैंडा मृत फेला परेको छ । करिब १२ वर्षको गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘आज बिहान खैरहनी १२ मा करिब ५ वर्षको गैंडा मरेको भनेर खबर प्राप्त भएको छ’, उनले भने, ‘घटनाबारे थप बुझ्नका लागि संरक्षण अधिकृत सरोजमणी पौडेलको टिम त्यसतर्फ जाँदै छ ।’
इचर्नी खोला नजिक एउटा गैंडा करेन्ट लागेर मरेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । स्थानीय बगुंर फार्ममा जडान गरिएको विजुलीको नांगो तारमा छोएर गैंडा मरेको हुन सक्ने आशंका गरिएको छ ।












