चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ गणेश चोक नजिक पूर्व वडाध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्डभित्र एक पुरुषको मृत्यु भएको छ । घरको छतबाट खसेर गैंडाकोट घर भएका अन्दाजी ३५ वर्षीय शंकर श्रेष्ठको आज बिहान करिब ३ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार घरको छतबाट लडेर मृत्यु भएको हुन सक्ने चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘कुनै घरमा समूह बनाएर तास खेलेको वा केहि गतिविधि गरिरहेको अवस्थामा प्रहरी गस्तिमा भएको सूचना पाएपछि तितरवितर हुने क्रममा छतबाट खसेको हुनसक्छ’, उनले भने, ‘वडा अध्यक्षको घरको कम्पाउण्डभित्र श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको हो ।’











