चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । केन्द्रका अनुसार देवघाटमा बाढीको सतह ८.९२ मिटर र नारायणी पुलमा बाढीको सतह ११.९ मिटर छ ।
देवघाटमा बाढीको सतह ९ मिटर भन्दा बढी भए खतराको तह नाघेको मानिन्छ । यस्तो बेलामा नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्छ । हिजो (बिहीबार) देवघाटमा बाढीले खतराको तह नाघेको थियो ।

















