चितवन । नारायणगढस्थित इन्द्रदेव मार्गमा रहेको मोबाइल प्याराडाइजमा सामसुङ मोबाइल किन्दा एक ग्राहकले स्कुटर उपहार जितेकी छन् ।
सामसुङ मोबाइलले दशैं लक्षित ल्याएको ‘२५ दिन २५ स्कूटर उपहार’ योजना अन्तर्गत भरतपुर–११ बसेनीकी रञ्जना थापाले स्कुटर उपहार जितेकी हुन् ।
उनलाई बुधवार एक कार्यक्रमकाबीच मोबाइल पसलका सञ्चालक अर्पण अर्याल र सामसुङको चिफ सेल्स म्यानेजर बद्री खड्काले टिभीएसको एनटर्क स्कुटर हस्तान्तरण गरे । स्कुटर उपहार पाएपछि थापाले खुशी प्रकट गरिन् । कात्तिक ३ गते थापाले १७ हजार रुपैयाँ पर्ने सामसुङ मोबाइल खरिद गरेकी थिइन् ।
‘मलाई मोबाइल पसल र सामसुङ कम्पनीबाट स्कुटर उपहार परेको बारे फोन गर्दा पत्यार नै लागेको थिएन्, पछि करलगायतका प्रक्रिया अघि बढाउन भनेपछि विश्वास लाग्यो । अहिलेसम्म धेरै सामसुङ मोबाइल किनियो अहिले उपहार पर्दा खुशी लाग्या छ’ थापाले भनिन् ।
मोबाइल प्याराडाइजका सञ्चालक अर्यालले स्कुटर विजेता थापालाइृ बधाई दिए । आफू मोबाइल पसल खोलेको छोटो समयमै ग्राहकले उपहार जितेकोमा धेरै खुशी लागेको बताए । उनले ६ महिनाअघि मात्रै माबोइल प्याराडाइज नामको पसल खोलेका थिए ।











