काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाएको छ।
राखेपले फ्लड लाइट जडान गर्ने जिम्मा सिनामंगलस्थित एमएसआईपीएल एएसी पावर जेभी कम्पनीलाई दिएको छ। राखेपले फ्लड लाइट जडानको जिम्मा एमएसआईपीएललाई २७ करोड ४ लाख २ हजार २२ रुपैयाँमा दिएको छ।
राखेपले पहिलो पटक खोलेको बोलपत्रमा कुनै पनि कम्पनीले फ्लड लाइट जडानमा चासो नदेखाएपछि दोस्रो पटक बोलपत्र आह्वान गरेर एमएसआईपीएललाई ठेक्का दिएको हो।
राखेपले सर्वाजनिक खरिद ऐन २०६३ दफा २७ (२) अनुसार एमएसआईपीएललाई फ्लड लाइट जडानको जिम्मेवारी दिएको जनाएको छ।











