काठमाडौं । आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् ।
आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।
सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको सभापति थिए । जिल्ला सभापतिबाट गत माघमा राजीनामा दिएका सापकोटा २५ असोज २०८० मा आजपा प्रवेश गरेका थिए ।
उनै सापकोटालाई सोमबार आजपा अध्यक्ष प्रभु साहले विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।











