पोखरा । भीरबाट लडेर गम्भीर घाइते बनेका अभिनेता प्रकाश घिमिरे बोल्न थालेका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा पोखराको नदीपुरको भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।
आइसियुमा उपचाररत घिमिरे शनिबार बिहानबाट बोल्न थालेको उनका साथी प्रेम पुनले जानकारी दिए । कलाकार घिमिरेको टाउको र शरीरमा चोट लागेको छ ।
उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएकोमा चिकित्सकले तत्काल लैजान नपर्ने बताएपछि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकहरूले उनको अवस्था शुक्रबार भन्दा सुधारिएको बताए ।










